तमू बौद्ध सेवा समिति नेपाल

हाम्रोबारे

TBSSN Building

तमू बौद्ध सेवा समिति नेपाल २०४६ सालमा गठन भएको र अहिले राजधानीमा अस्तित्वमा रहेकोमध्ये सबैभन्दा जेठो तमू संस्था हो । यद्यपि तमू बौद्ध सेवा समिति जिल्ला प्रशासन कार्यलय काठमाडौंमा दर्ता भएको चाहिँ २०४८ सालमा भएको देखिन्छ । र, यो समाज कल्याण परिषद्मा विधिवतरूपमा आबद्ध भएको सेवामा समर्पित गुरुङ जातिको साझा सामाजिक संस्था हो ।

तमू बौद्ध सेवा समिती नेपालले स्थापनालगत्तै काठमाडौंमा कहाँ र कति संख्यामा गुरुङ जातिको बसोबास रहेको छ भन्ने बारे खोजी गर्ने रेकर्ड राख्ने योजना बनायो । त्यसैअनुरुप लगत राख्ने प्रक्रियाको थालनी पनि भयो तर त्यो निकै कठिन र चूनौतीपुर्ण कार्य थियो । सबैलाई समेट्न नसके पनि समितीले सम्भव भएसम्मको लगत राख्ने काम गर्यो । त्यस्ते संस्थालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नका लागि कार्यालय स्थापना गर्नेलगायत विविध कार्यक्रम गर्ने कार्य पनि शुरु गर्यो र यी सबै गतिविधि सञ्चालन गर्नका लागि अति आवश्यक पर्ने ”अर्थ” सङक्लन अभियान पनि चलायो । यसरी संस्थाले विविध गतिविधि सञ्चालन गर्न थालेपछि गुरुङहरूले भेला हुने, छलफल गर्ने साझा चौतारी पाएको महसुस गर्न थाले र यो नै गुरुङ एकताको शुरुवात थियो ।

Scroll to Top